arrow

समानुपातिकको सूची बुझायो माओवादी केन्द्रले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
maobadi-kendra.jpg_1617715441.png

काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाएको छ । आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ ।

सोहीअनुसार माओवादी केन्द्रले सोमबार आफ्ना समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएको हो । महासचिव देव गुरुङसहितका माओवादी नेताहरु सोमबार अपरान्ह कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारको बन्दसूची बुझाएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ