- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले बन्दसूची पेश गरेको छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधि सभा सदस्यतर्फ आज बिहान ५ बजेसम्म ४८ दलहरूको बन्दसूची दर्ताको गरेको छ ।
आयोगले बन्दसूची पेश गर्न राजनीतिक दललाई दुई दिनको समय तोकेको थियो । तर पहिलो दिन ४ जम्मा दलले मात्र दर्ता गरेका थिए । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दर्ता भएका ७६ दलमध्ये ६८ दलले समानुपातिकतर्फ भाग लिने गरी बन्दसूचि पेश गरेका आयोगले जनाएको छ ।
प्रदेशतर्फ प्रदेश नम्बर एक र मधेस प्रदेशमा समान ३६ दल, वाग्मती प्रदेशमा ४१ दल, गण्डकी प्रदेशमा ३१ दल, लुम्बिनी प्रदेशमा ३२ दल, कर्णाली प्रदेशमा २८ दल र सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् ।
आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीमाथि आजदेखि छानबिन प्रक्रिया सुरु गर्ने छ । छानबिन प्रक्रिया असोज ९ गतेसम्म चल्नेछ भने छानबिनका क्रममा बन्दसूचीमा कमजोरी भएमा सच्याउन समय तोकिएको छ। आयोगबाट जानकारी आएपछि १० देखि १६ सम्म बन्दसूची संशोधन गरी बुझाई सक्नुपर्ने छ ।
मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणाली मार्फत चयन हुनेछन् । भने प्रतिनिधि सभामा एक सय १० र प्रदेश सभामा दुई सय २० सांसद समानुपातिकबाट आउने छन् ।