arrow

डा गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
govinda-kc-govt-talk.jpg

काठमाडौं । बीसौं पटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच वार्ता शुरु भएको छ । 

वार्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भइरहेको हो । सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. रामप्रसाद घिमिरे, स्वास्थ्य सचिव डा. रोशन पोखरेल र शिक्षा सचिव रामकृष्ण सुवेदी रहेका छन् । 

नेपाल चिकित्सक संघका तर्फबाट डा. अनिलविक्रम कार्की रहेका छन् । त्यस्तै डा. केसीका तर्फबाट डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, प्रितम केसी र ओमप्रकाश अर्याल तथा डा. विष्णु पोखरेल रहेका छन् । 

यसअघि सोमबार अनौपचारिक छलफल भएको थियो । चिकित्सा शिक्षा सुधारका माग राख्दै डा. केसी बीसौं पटक धनगढीमा गत नौ दिनदेखि अनसन बसिरहेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ