arrow

तीन जनाको ज्यान लियो चट्याङले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
lightning-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगिमारा बस्ने ६४ वर्षीया जितमाया सुनारको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ । 

मकवानपुरको बकैया गाउँपालिका–११ आहाल डाँडा बस्ने ५५ वर्षीय आईत सिंह भोलन आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ । 

स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमुल बस्ने २९ वर्षीय किसान परियारको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । 

आफ्नै घर अगाडि बसिरहेको अवस्थामा सोमबार साँझ चट्याङ लागेर घाइते भएका उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ