arrow

शिक्षा सामग्री प्रिन्ट र ई–बुक दुवैबाट लिनेतिर विकास गर्नुपर्छ: शिक्षामन्त्री पौडेल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
devendra podel.jpg

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सिकाई प्रणालीमा आधुनिकीकरण बनाउनुपर्नेमा जोड दिएका छन् । उनले शिक्षा सामग्री प्रिन्ट र ई–बुकबाट लिने गरि विकास गर्नुपर्ने बताए । अहिलेका बालबालिका शिक्षकभन्दा धेरै चलाख रहेको बताउँदै उनले शिक्षकले सिक्नुपर्ने जिकिर गरे । 

मंगलबार एसएसपीपिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले पाठ्यसामग्रीलाई दुई तरिकाले उपलब्ध गराउने र काउन्सिलिङ गर्नु अत्यावश्यक रहेको धारणा राखे ।  औपचारिकता निभाउनको निम्तिमात्र नभएर विद्यार्थीको हातमा हाड तथा डिजिटल कपी हुनुपर्ने र उक्त व्यवस्थापन गर्ने जिम्मा शिक्षकको रहेको उनको भनाई छ । 

'अबदेखि शिक्षा सामग्री प्रिन्टबाट पनि लिने र इबुक पनि लिने तिर बिकास गर्नुपर्छ, अहिलेका बालबालिका शिक्षकभन्दा धेरै चलाख भएका छन् । त्यसकारण शिक्षकले सिक्नु पर्यो । पाठ्यसामग्रीलाई दुई तरिकाले उपलब्ध गराउने र काउन्सीलिङ अत्यावश्यक छ । औपचारिकता निभाउनको निम्तिमात्र होइन, विद्यार्थीको हातमा हाडकपी पनि हुनु पर्यो, विद्यार्थीसँग डिजिटल कपी पनि हुनुपर्छ । दुबै कुराको व्यावस्थापनि गर्ने शिक्षाकले हो । शिक्षा सिकाई प्रणालीमा अलि आधुनिकीकरण बनाउनुपर्यो ।'

मन्त्री पौडेलले विद्यालय सुधारको निम्ति शिक्षक, विद्यालय, समिति र स्थानीय पालिका राम्रो हुनुपर्ने बताए । प्रदेश ऐन बनाउने प्रक्रिया तीव्र गतिमा अगाडी बढिरहेको र मन्त्रीपरिष्दमा विद्यालय सम्बिन्धित ऐन पेस पनि अगाडि बढिरहेको उनले बताए । उनले संघिय प्रणाली अन्तरगत शिक्षा प्रणालीलाई पनि बुझ्न जरुरी धारणा राखे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ