arrow
ADVERTISEMENT

बेलायतले अमेरिकासँग व्यापार सम्झौता नगर्ने, भारत पर्‍यो प्राथमिकतामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
modi-biden-meet-g7-2022.jpg

काठमाडौं । बेलायतले अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौता तत्काल नगर्ने भएको छ ।  बेलायतकी प्रधानमन्त्री लिज ट्रसले अमेरिकासँग आफ्नो देशले निकट भविष्यमा व्यापार सम्झौता गर्ने अपेक्षा आफूले नगरेको बताएकी छन् । 

बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएपछि आफ्नो पहिलो विदेश भ्रमणका क्रममा अमेरिका आएकी वर्षौँसम्म बेलायत र अमेरिकाबीच स्वतन्त्र व्यापार सम्झौता नहुने स्पष्ट गरिन् । अमेरिकासँगको व्यापार सम्झौता आफ्नो प्राथमिकता नभएको पनि उनले बताइन् । 

बेलायतले भारतलाई प्राथमिकता दिएको छ । प्रधानमन्त्री ट्रसले भारत, साउदी अरब, कतारलगायत गल्फ कोअपरेसन काउन्सिलका सदस्य राष्ट्रसँग व्यापार सम्झौता पहुँच विस्तार आफ्नो प्राथमिकता भएको बताइन् ।  

संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा भाग लिन आएकी उनले आफ्ना पूर्ववर्ती कन्जरभेटिभ पार्टीका बोरिस जन्ससन र थेरेसा मेका अडान विपरीत अमेरिकासँगको व्यापार सम्झौतालाई प्राथमिकता दिएकी छैनन् । 

युरोपेली सङ्घबाट बाहिरिँदा दुवै प्रधानमन्त्रीले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रसँग व्यापार सम्झौता गर्ने प्रतिबद्धता जनाएका थिए । 

प्रधानमन्त्री ट्रसले भारत, साउदी अरब, कतारलगायत गल्फ कोअपरेसन काउन्सिलका सदस्य राष्ट्रसँग व्यापार सम्झौता पहुँच विस्तार आफ्नो प्राथमिकता भएको बताइन् । 

दुई साताअघि प्रधानमन्त्रीको कार्यभार सम्हालेकी उनले आज अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्दै छिन्। उनीहरूबीच गत सोमबार महारानी एलिजाबेथको अन्त्येष्टिका बेला लण्डनमा भेट भएको थियो । 

राष्ट्रपति बाइडेनसँग बुधवार हुने भेटले अधिनायकवादीहरूका विरुद्ध बेलायत र अमेरिका एकसाथ रहेका तथा सामूहिक रूपमा रुसी आक्रमणविरुद्ध उभिन बेलायत-अमेरिका समर्थ छन् भन्ने सन्देश गर्ने प्रधानमन्त्री ट्रसले बताइन् । 

युक्रेनमाथि रुसले आक्रमण गरेपछि विश्वव्यापी रूपमा उत्पन्न चुनौती समान गर्न अमेरिकाजस्ता सहयोगीका साथै फ्रान्स, युरोपेली सङ्घ, बाल्टिक देशसँग सहकार्य गर्न चाहेको उनले बताइन् । बेलायत र अमेरिकाले युक्रेन युद्ध, रुस र चीनप्रति समान धारणा एवम् अडान राखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ