- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्याग्रही डा. गोविन्द केसीको बीसौं चरणको सत्याग्रह अन्तर्गत आज दशौं दिन हो । उनी कैलालीको धनगढीमा आमरण अनसनरत रहेका छन् । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ ।
उनलाई सरकारले हिजो नै काठमाडौं ल्याउनका लािग सेनाको हेलिकोप्टर गएको भए पनि आज मात्रै आउने भनेपछि हेलिकोप्टर फर्केको थियो । उनले हिजो आफूलाई जबरजस्ती ल्याउन खोजिए अपहरण हुने भन्दै त्यसको विरोध गरेका थिए ।
चिकित्सा स्वास्थ्य शिक्षाका लागि लडिरहेका डा. केसीको स्वास्थ्यमा थप समस्या देखिएपछि बहुविशेषज्ञ भएको अस्पतालमा लैजानु पर्ने भएपछि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याउने तयारी भइरहेको छ ।
यता, डा. केसीका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच लगातार तेस्रो दिन बसेको बैठक निष्कर्षविहीन भएको छ ।
आज डा केसी को २० औं सत्याग्रहको आज १० औं दिन स्वास्थ्य अवस्था गम्भीर बन्दै गरेकोले सरकारले आजै उहालाइ त्रिवि शिक्षण अस्पताल पठाउने तयारी गर्दै छ।