- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारको खर्चमा काठमाडौं आउन अस्वीकार गरेका छन् । बीसौं पटक कैलालीको धनगढीमा आमरण अनसनरत डा. केसीलाई सरकारले एयरलिफ्ट गर्न खोज्दा नमानेका हुन् ।
आमरण अनसनको दशौं दिन स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि उनी आफ्नै खर्चमा साँझ काठमाडौं आइपुग्ने उनका सहयोगीले जानकारी दिएका छन् । उनी ४ः४५ बजेको फ्लाइटमा धनगढीबाट काठमाडौं आउने छन् ।
यसअघि हिजो पनि आउन मानेका थिएनन् ।
लगातार अनसन बसेकै कारण उनको स्वास्थ्य थप बिग्रिएको छ । केही दिनदेखि उनको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ । उनको स्वास्थ्य जटिल बन्दै गएको छ ।
यता डा.केसी र सरकारका प्रतिनिधिबीचको छलफल अझै निष्कर्षमा पुग्न सकेको छैन ।