arrow

डेंगी रोकथाम र नियन्त्रण गर्न एमालेको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
dengue-mosquito.jpeg

काठमाडौं । नेकपा एमालेले डेंगी सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेंगी सङ्क्रमणका अवस्था जटिल बन्दै गएको भन्दै रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गेरेका हुन् ।                  

विज्ञप्तिमा उनले तीनै तहका सरकारलगायत विभिन्न सरकारी–गैरसरकारी निकायकाबीचमा समन्वयात्मक परिचालन, सिटामोललगायतका औषधिको सहज उपलब्धताको माग गरेका हुन् । लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन, बिरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न समेत उनले आग्रह गरे । 

नेता भट्टराईले देशव्यापीरुपमा फैलिएको डेंगी रोगका कारण उत्पन्न स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको ध्यानाकर्षण भएकोसमेत जनाएका छन् । पछिल्लो तथ्याङ्कअनुसार १७ हजार पाँच सय ९४ जना प्रभावित र २१ जनाको निधन भएको छ । 

डेंगी रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्र्यो त्यसमा सरकार चुकेको उनको भनाइ रहेको छ । 

उनले पार्टीका तहगत कमिटी तथा जनसङ्गठन र पार्टी सदस्यलाई समेत डेंगी रोग नियन्त्रणमा योगदान गर्न आह्वानसमेत गरेका छन् । 



नयाँ