arrow

आफ्नै खर्चमा काठमाडौं आए आमरण अनशनरत डा. केसी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
dr-govinda-kc-plane.jpg

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग विगत राख्दै बीसौं पटकको आमरण अनसन बसिरहेका डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं आएका छन् । १० दिनदेखि कैलालीको धनगढीमा अनसनरत केसी बुधबार साँझ आफ्नै खर्चमा काठमाडौं आएका हुन् । 

सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौं आएको उनका सहयोगी डाक्टर अमृत जैशीले बताए । 

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा संलग्न डाक्टरले केसीलाई काठमाडौं लैजान सुझाव दिएका थिए । स्वास्थ्यकर्मीको सुझाव अनुसार केसी आफ्नै खर्चमा काठमाडौं आएको सेती प्रादेशिक अस्पतालका सिनियर फिजिसियन कन्सल्टेन्ट डाक्टर शेरबहादुर कमरले बताए ।

मंगलबारसम्म माग पूरा नभएसम्म काठमाडौं नजाने अडानमा बसेका केसीलाई बुधबार सिनियर स्वास्थ्यकर्मीले सम्झाएपछि उनी काठमाडौं जान सहमत भएका हुन् । काठमाडौंमा केसीलाई शिक्षण अस्पताल महाराजगञ्जमा राखेर उपचार दिइने जनाइएको छ ।

स्वास्थ्य समस्या देखिएको भन्दै मंगलबार सरकारी पहलमा डाक्टर केसीलाई काठमाडौं लैजाने प्रयास गरेको थियो । तर केसीले सरकारी खर्चमा नजाने अडान लगेपछि उनलाई ओसार्न धनगढी पुगेको नेपाली सेनाको एयर ट्रक काठमाडौं फर्केको थियो ।

यता डा. केसी र सरकारी प्रतिनिधिबीचको छलफल निष्कर्षमा पुगेको छैन । 

dck3.jpg
आफ्नै खर्चमा काठमाडौं
dkc1.jpg
dkc2.jpg
dkc4.jpg
dkc5.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ