arrow

इमरानले गरे मोदीको प्रशंसा 

छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बाहिर कति सम्पत्ति छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
imran-modi.jpg

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । एक सम्बोधनका क्रममा इमरानले नरेन्द्र मोदीको देशबाहिर कुनै सम्पत्ति नभएको तर पाकीस्तानी नेताहरूको अन्य देशमा करोडौंको सम्पत्ति रहेको भन्दै  प्रशंसा गरेका हुन् ।

इरानले आफ्नै देशका प्रधानमन्त्री शाहबाज शरीफलाई गाली गर्दै भनेका छन्, ‘हाम्रा प्रधानमन्त्रीको विदेशमा अर्बौँ रुपैयाँको सम्पत्ति र करोडौँको व्यापार छ ।

' मलाई लोकतन्त्र भएको देशको नाम बताउनुस् । जहाँ लोकतन्त्र छ र देशबाहिर अर्बौँ रुपैयाँको सम्पत्ति होस् । हाम्रो छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बाहिर कति सम्पत्ति छ ? इरानले सोधेका छन् । 

पछिल्लो समा इमरान भारत तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै आएका छन् ।  करिब ५ महिनाअघि पनि इमरान खानले भारतको प्रशंसा गरेका थिए । उनले भारत हामीसँगै स्वतन्त्र भएको थियो । म उसलाई धेरै राम्रो चिन्छु। त्यहाँ मेरा धेरै साथीहरू छन्। भारतलाई चलाउन कुनै महाशक्ति चाहिँदैन। उसलाई कसैले गिद्धे नजरले हेर्न सक्दैन । प्रतिबन्ध लगाएको बेला उनीहरूले रुसबाट तेल किनिरहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ