arrow

सिजी इलेकट्रोनिक्सले एलजी टिभीको नेपालमा एसेम्बली प्लान्ट सुरु गर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
lg-tv-assembley-cg.jpg

काठमाडौँ। सिजी इलेकट्रोनिक्स (चौधरी ग्रुप) को निमन्त्रणामा एलजी इलेकट्रोनिक्स, सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चुनले नेपाल भ्रमणका साथसाथै चौधरी ग्रुपसँगको सहकार्यमा काठमाडौँको सतुङ्गलमा एलजीको टिभी एसेम्बली प्लान्टको उद्घाटन गरेका छन्। उनको यस भ्रमणले एलजी इलेकट्रोनिक्स इंक, दक्षिण कोरिया र चौधरी ग्रुपबिचको दीर्घकालीन सहकार्यलाई सङ्केत गरेको छ।

नेपालमा एसेम्बल गरिएका उत्पादनहरूको गुणस्तर एलजीको मापदण्ड अनुसार कायम राख्नका लागि एलजी इलेकट्रोनिक्स इंकका प्राविधिक विशेषज्ञहरूको टोलीले नेपाली इन्जिनियरिङ टोलीलाई निरन्तर पर्यवेक्षण र सहयोग गर्दै आइरहेको छ।

आफ्नो भ्रमणबाट उत्साहित हुँदै चुनले भने, “विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध एलजीका उत्पादनहरू नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ। चौधरी ग्रुपसँगको हाम्रो विगत ३५ वर्ष (सन् १९८८) देखि को सहकार्य र लामो अनुभवले हामीलाई अझै आक्रामक रूपले सेवा विस्तार गर्न प्रोत्साहित गरेको छ। प्राकृतिक सौन्दर्यको धनी देश नेपालका घरपरिवारहरूका लागि एलजीको नयाँ एसेम्बली प्लान्टले एलजीका उत्पादनलाई थप किफायती बनाउने अपेक्षा गरिएको छ। साथै, आगामी दिनमा नयाँ अवसरहरू सिर्जना गर्दै नेपाली ग्राहक वर्गका लागि अझ गुणस्तरीय तथा सर्वसुलभ उत्पादनहरू बजारमा उपलब्ध गराउने लक्ष्य पनि लिइएको छ।”

निकट भविष्यमा, एलजीका होम एप्लाएन्स र ईन्टरटेनमेन्ट एप्लाएन्स नेपालमै एसेम्बल र उत्पादन हुने भएका छन् जसले नेपाली ग्राहकहरूका लागि कम लागतमा बढी उपयोगिताको प्रत्याभूति गराउने कम्पनीले जनाएको छ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले चुन र एलजी इलेकट्रोनिक्स इंकप्रति कृतज्ञता व्यक्त गर्दै भने, “नेपालमा एलजीजस्तो विश्वस्तरीय ब्रान्डसँग आबद्ध हुन पाउँदा हामी गौरवान्वित छौँ। एलजी इलेकट्रोनिक्स इंक र चौधरी ग्रुपको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप प्रत्यक्ष विदेशी लगानीको आगमन गराउन निश्चित रूपमा मद्दत गर्नेछ। यस नयाँ आयामको फलस्वरूप नेपालमा रोजगारीका अवसरहरू सिर्जना हुने र नेपाली ग्राहकहरूले गुणस्तरीय सेवाको आनन्द लिँदै प्रिमियम घरेलु उपकरणहरू अझ सुपथ मूल्यमा खरिद गरी लाभान्वित हुने मौका पाउनेछन्।”

चुनले मिनभवन, काठमाडौँमा रहेको एलजी शपको पनि भ्रमण गरे र ग्राहकलाई राम्रो अनुभव र पहुँच प्रदान गर्न निकट भविष्यमा यस्ता शोरुमहरू नेपालभर विस्तार गर्ने सुनिश्चितता व्यक्त गरे। हालसम्म, नेपालमा एलजीका ८ वटा यस्ता शोरुमहरु छन्।

चुनले नेपालमा टिभी प्यानल निर्माण इकाई स्थापना गर्ने सम्भाव्यता अवलोकन गर्न नवलपरासीको देवचुलीस्थित सिजी ईन्डस्ट्रियल पार्कको भ्रमण पनि गरेका छन्।

उन नवलपरासीको देवचुलीमा रहेको शान्ति सिर्जना आधारभूत विद्यालयमा एलजी इलेकट्रोनिक्स इंकसँगको सहकार्यमा चौधरी फाउन्डेसनले स्थापना गरेको डिजिटल क्लासरुम (डिजिटल स्कूल) को भ्रमण पनि गरेका थिए। कर्पोरेट सामाजिक उत्तरदायित्वलाई मनन गर्दै निर्माण गरिएको डिजिटल क्लासरुमले विद्यार्थीहरूलाई डिजिटल शिक्षा सहायता मार्फत समग्र शैक्षिक ज्ञान प्राप्त गर्न टेवा पुर्‍याइरहेको छ। यस संस्थाले हालसम्म ४ प्रदेश र ९ जिल्लामा २४ सामुदायिक विद्यालयलाई सुसज्जित गरिसकेको छ र देशभर विस्तार गर्ने योजना बनाएको छ।

एलजीको बारेमा
एलजी इलेकट्रोनिक्स लगभग सबै देशहरूमा उपस्थिति राख्ने, ७५ हजार भन्दा बढी अन्तर्राष्ट्रिय कार्यदल भएको, टेक्नोलोजी र ईलेक्ट्रोनिक्समा प्रभुत्व जमाएको, एक विश्वव्यापी आविष्कारक हो। दक्षिण कोरियाको सियोलमा मुख्यालय रहेको एलजीले २०२१ मा ६३ बिलियन अमेरिकन डलरभन्दा बढीको विश्वव्यापी व्यापार गरेको थियो। टिभी, होम एप्लाएन्स, एयर सोलुसन, मनिटर, सर्भिस रोबोट, अटोमोटिभ कम्पोनेन्टका साथै प्रिमियम एलजी सिग्नेचर र एलजी थिंन्क्यू, उपभोक्ता र व्यावसायिक उत्पादनहरूको अग्रणी निर्माता, एलजीका विश्वभर परिचित ब्रान्डहरू हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ