arrow

चारवटै सुरक्षा निकायका प्रमुखबीच सैनिक मुख्यालयमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
nepal-army-new.jpg.jpeg

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ का सम्बन्धमा सैनिक मुख्यालय जङ्गी अड्डामा मुलुकका चारवटै सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ ।
 
उनीहरुबीच समसामयिक समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै विशेषतः आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाका बारेमा छलफल र अन्तक्र्रिया भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

 छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी थिए ।
 
 निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा आपसी समन्वय र सहकार्यका साथ प्रभावकारीरुपमा कार्यान्वयन गर्नेलगायतका विषयमा छलफल भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ