arrow
ADVERTISEMENT

पुटिनले डामेका रुसी नागरिकलाई जर्मनीले शरण दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
vladimir-putin-russia.jpg

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार ‘देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै’ आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गरेका छन् । युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको दाबी छ । 

राष्ट्रपति पुटिनको आदेशमा भएको आंशिक सेना परिचालनका क्रममा मानिसहरू रुसबाट पलायन भएको समाचार पनि आइरहेको छ । 

यसैबीच जर्मनीले रुसी नागरिकहरूलाई आफ्नो देशमा शरण दिने जर्मनीका अधिकारीहरूले बिहीबार सङ्केत गरेका छन् ।

“गम्भीर दमनको खतरामा परेका रुसी जनताले शरण मागेमा अन्तर्राष्ट्रिय नियम अनुसार उनीहरूले जर्मनीमा सुरक्षा प्राप्त गर्न सक्नेछन्,” गृहमन्त्री न्यान्सी फेसरले फ्रैंकफर्टर अल्गेमाइन जेइटुङ पत्रिकासँगको अन्तरवार्तामा बताएका छन् ।

न्यायमन्त्री मार्को बुशम्यानले ‘आंशिक परिचालन’लाई सङ्केत गर्दै ट्विट गर्दै भनेका छन्, “धेरै रुसी नागरिकले आफ्नो मातृभूमि छोड्दै छन् । पुटिनको बाटोलाई घृणा गर्ने र उदार लोकतन्त्रलाई माया गर्ने जो कोहीलाई जर्मनीमा स्वागत छ ।” 

यता पुटिनले मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रीय एकता बलियो बनाउन र रुसी नागरिकको सुरक्षालाई ध्यान दिँदै आंशिक रूपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर गरेको बताएका छन् । सेना परिचालनको प्रस्ताव रुसी रक्षा मन्त्रालय र प्रधान सेनापतिले पठाएको पुटिनले खुलाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ