arrow

नागरिकता विधेयक प्रमाणीकरणः राष्ट्रपतिको कदमविरुद्ध पाँच वटा रिट, आज पेसी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
vidya-devi-bhandari-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्धको पाँच वटा रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी भण्डारीले निस्क्रिय पारेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

छुट्टाछुट्टै पाँच वटा रिटको पेसी आजका लागि तोकिएको हो । संघीय संसदका दुवै सदनबाट दोहोर्‍याएर पारित भएको विधेयकलाई समयसीमा (१५ दिनभित्र) प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेकी थिइन् ।

राष्ट्रपतिविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतले रिट दायर गरेका हुन् । 

के छ संविधानमा ? यो समाचार पढौं– 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ