arrow

लोसपाको चुनावी सहकार्य एमालेसँग, बनायो वार्ता समिति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
losapa-mahantha-rajendra-2078-12-21.jpg
तस्बिर – फाइल ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ एमालेलगायत अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्नका लागि वार्ता समिति गठन गरेको छ । 

लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति शुक्रबार गठन गरेको हो । वार्ता समितिमा वरिष्ठ नेता शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल रहेको अध्यक्ष महन्थ ठाकुरद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ