arrow

अवरुद्ध भएको साढे छ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ८ शनिबार
narayanghad-mugling-pahiro.jpg
तस्बिर – फाइल ।

भरतपुर । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६ः३० बजेदेखि सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ । 

चाडपर्व नजिकिएका कारण पनि नारायणगढ–मुग्लिन सडकमा सवारी साधनको चाप बढी छ । यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौं पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ