arrow

हिन्दू मन्दिरमा तोडफोड भएपछि चौतर्फी निन्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ८ शनिबार
canada-mandir.jpg

काठमाडौं । क्यानाडाको टोरन्टोमा मन्दिर तोडफोड भएको छ । प्रख्यात स्वामिनारायण हिन्दू मन्दिरमा शुक्रबार अज्ञात समूहले तोडफोड गरेको हो । 

तोडफोडपछि मन्दिरको पर्खालमा खालिस्तानी र भारत विरोधी नारा लेखिएको छ । उक्त घटनाको भारतले निन्दा गरेको छ । भारतले क्यानाडा सरकारलाई दोषीमाथि कारबाही गर्न आग्रह गरेको छ ।

क्यानाडास्थित भारतीय दूतावासले घटनाको निन्दा गर्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको हो । सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

ब्राम्पटनका मेयर प्याट्रिक ब्राउनले दोषीलाई छिट्टै न्यायको कठघरामा ल्याउने आशा गरेका छन् । क्यानाडाका भारतीय मूलका सांसद चन्द्र आर्यले घटना मात्रै नभएर हिन्दू मन्दिरलाई पछिल्लो समय यस्ता घटनाले निशाना बनाइएको बताएका छन् । 

उक्त मन्दिरमा तोडफोड भएपछि चौतर्फी निन्दा भएको छ । क्यानाडाका नेताहरुलेसमेत यसको विरोध गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ