arrow

कोरोनाबाट थप एकको मृत्यु, ७४ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ८ शनिबार
corona-nepal-1618404789.jpg

काठमाडौं । कोरोना भाइरसबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार एकको मृत्यु भएको जनाएको हो । अहिलेसम्म कोरोनाबाट १२ हजार १७ जनाको ज्यान गइसकेको छ । 

थप ७४ संक्रमित थपिएका छन् । जसमा पीसीआरबाट २९ तथा एन्टिजेनबाट ४५ जना पोजेटिभ पाइएका हुन् । हाल सक्रिय संक्रमितको संख्या १ हजार २८३ रहेको छ । 

कोरोना र पछिल्लो समय तीव्र गतिमा बढिरहेको डेंगीका रोगका लक्षण उस्तै भएकाले कोरोनालाई बेवास्ता गरिएको छ भने डेंगी निको हुन्जेल कोरोनाले पनि छाड्ने भएकाले चासो कम गएको बुझिन्छ । 

काठमाडौंमा अझै ५१२, ललितपुरमा १८२ तथा भक्तपुरमा २२ जना सक्रिय संक्रमित रहेका छन् । 

१० जनाको आईसीयूमा रहेर उपचार भइरहेको छ । शनिबार ११६ जना संक्रमणमुक्त भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ