arrow

सरकारी वार्ता टोली र डा गोविन्द केसी पक्षबीच सहमति, डा केसीले आमरण अनसन तोड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ८ शनिबार
dr-govinda-kc-strike10th.jpg
तस्बिर – फाइल ।

काठमाडौंं । सरकारी वार्ता टोली र डा. गोविन्द केसीका  वार्ता टोलीबीच सहमति भएको छ । सहमति भएसँगै बीसौं पटक चिकित्सा शिक्षा सुधारका लागि आमरण अनसनरत डा. गोविन्द केसीले आमरण अनसन तोड्ने भएका छन् । 

बेलुकी साढे ७ बजे डा. केसीले पत्रकार सम्मेलन गर्दैै आमरण अनसन तोड्ने जनाइएको छ । वार्ता टोलीका सदस्य एवं डा. केसीका सहयोगी प्रिटम सुवेदीले सो जानकारी दिएका हुन् । डा केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह शुरु गरेका थिए । 

स्वास्थ्य बिग्रदै गएपछि उनी केही दिनअघि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारसहित आमरण अनसनलाई जारी राखेका छन् । केसीका माग सम्बोधन गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव रोशन पोखरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य छन् ।

केसी पक्षको वार्ता टोलीमा भने अधिवक्ता ओमप्रकाश अर्याल, डा लिजन महर्जन र प्रितम सुवेदी सदस्य छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ