arrow

चीनद्वारा १७३ प्रकारका खनिज पदार्थ उत्खननको दाबी

logo
सिन्ह्वा,
प्रकाशित २०७९ असोज ८ शनिबार
rare-earth-china.jpg
फाइल तस्बिर

बेइजिङ। चीनमा  एक सय ७३ प्रकारका खनिज पदार्थहरूको उत्खनन भइसकेको दाबी गरेको। प्राकृतिक श्रोत मन्त्रालयले सन् २०२१ को अन्त्यसम्ममा ती खनिज पदार्थको उत्खनन गरिएको जानकारी दिएको हो। उत्खनन गरिएका मध्ये १३ प्रकारका खनिज पदार्थ ऊर्जा सम्बन्धी खनिज पदार्थ रहेको मन्त्रालयले जनाएको छ।

त्यसै गरी ५९ प्रकारका खनिज पदार्थ धातु सम्बन्धी, ९५ प्रकारका खनिज पदार्थ गैर धातु र छ प्रकारका खनिज पदार्थ पानी तथा ग्यास सम्बन्धी खनिज पदार्थ रहेको जनाइएको छ।

उत्खनन गरिएका खनिज पदार्थको निष्कासन तथा प्रशोधनका लागि तीव्र रूपमा काम भइरहेको पनि अधिकारीहरूले जनाएका छन्।

चीनले खनिज पदार्थहरूको उत्खनन, निष्कासन, प्रशोधन र बिक्री वितरणलाई उच्च प्राथमिकता दिँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ