arrow

निर्वाचन खर्च बढाएर ४१ लाख पुर्‍याउने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
election-commission-hq-building-2022.jpg

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चको सीमा बढाउने भएको छ । राजनीतिक दलसँगको छलफल तथा सुझावका आधारमा खर्च सीमा पुनरावलोकन गर्ने तयारी आयोगले गरेको छ। 

मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने आयोगको तयारी हो । 

आयोगले गरेको तयारी अनुसार अब प्रत्यक्ष तर्फका उम्मेदवारले २४ लाखदेखि बढीमा ४१ लाख खर्च गर्न पाउनेछन् । २०७४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारले २५ लाख खर्च गर्न पाउने सीमा तोकिएको थियो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ