arrow

निर्वाचन आयोगले आचारसंहिता लागू गर्न बोलायो आज दलहरूलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
election-commission-head-office-building-2022.jpg

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने बितिक्कै लागू हुनेछ ।

त्यसअघि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दैछ । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल तय भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए ।  

छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ