arrow

कोरोनाका ५१ संक्रमित थपिए, ११ आइसोलेसनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसका ५१ संक्रमित थपिएका छन् । आइतबार ३ हजार २४ जनाको परीक्षणमा पीसीआरबाट ४० तथा एन्टिजेनबाट ११ संक्रमित पाइएका हुन् । 

सय जना संक्रमणमुक्त भएका छन् । थप कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट १२ हजार १७ जनाको ज्यान गइसकेको छ । 

हाल सक्रिय संक्रमितको संख्या पीसीआरबाट मात्र १ हजार २२३ रहेको छ । 

काठमाडौंमा अझै ४९६ संक्रमित सक्रिय रहेका छन् । त्यस्तै ललितपुरमा १७८ तथा भक्तपुरमा २१ जना सक्रिय संक्रमित रहेका छन् । 

११ जना आइसोलेसनमा रहेका छन् । जसमा सबै बागमती प्रदेशकै हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ