arrow

बेलायत प्रवेश गर्न सहज: प्रधानमन्त्री ट्रसले 'वर्क भिसा' अझै सजिलो बनाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
liz-truss-uk-audio-leak.jpg

काठमाडौं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले प्रमुख उद्योगहरूमा देखा परेको चरम श्रमिकको अभावलाई सम्बोधन गर्न बेलायतको भिसा प्रणालीको ठूलो समीक्षा गर्ने भएकी छिन् ।

प्रधानमन्त्री ट्रसको यो कदमको उद्योगीहरुले स्वागत गरेका छन् भने बेलायतमा काम गर्न जान चाहने विदेशी कामदारहरुका लागि यो खुशीको खबर हो ।

प्रधानमन्त्रीले आफ्ना केही अध्यागमन विरोधी मन्त्रिपरिषद्का सहकर्मीहरूलाई कमजोर पेशा सूचीमा परिवर्तन गरेर केही उद्योगहरूलाई ब्रोडब्यान्ड इन्जिनियरहरू जस्ता क्षेत्रका कामदारहरु विदेशबाट ल्याउन अनुमति दिने तयारी गरेको फाइनान्सियल टाइम्सले रिपोर्ट गरेको छ ।

भिसा प्रणालीमाथिको नयाँ समीक्षाले बेलायत प्रवेश गर्न अंग्रेजीमा दख्खल हुनै पर्ने प्रावधानमाथि समेत हेरविचार गर्ने ठानिएको छ ।

होम अफिसको सूचीमा समावेश गर्दा युरोपेली युनियन (ईयू) बाहिरका आप्रवासीहरूलाई बेलायतमा सहज प्रवेश गर्न अनुमति दिन्छ । 

लामो अवधिमा आप्रवासीहरूले पाँच वर्षपछि बेलायतमा बसोबास गर्न आवश्यक पर्ने ३५ हजार ८ सय पाउण्ड तलब सीमा पूरा गर्न नपर्ने भएको छ ।

प्रधानमन्त्री ट्रसले बेलायती मौसमी कृषि (सिजनल भिसा) मा काम गर्ने विदेशी कामदारहरूको सीमा अवधिसमेत हटाउने तयारी गरेको बताइएको छ ।

बेलायतलाई उत्पादनको हब बनाउने प्रधानमन्त्री ट्रसको योजना अनुरुप विभिन्न कृषि क्षेत्र र अन्य उद्योगहरुको श्रमिक अभाव पूरा गर्ने उद्देश्यले उनले भिसा प्रणालीमा व्यापक हेरफेर गर्न लागेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ