arrow

नेपालमा ‘थिङ्क ट्याङ्क’ संस्थाको आवश्यकता छ : डा.भट्टराई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
baburam-bhattari-FNL.jpg.jpeg

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा ‘थिङ्क ट्याङ्क’ संस्थाको आवश्यकता रहेको बताएका छन् । आएतवार एक कार्यक्रममा डा.भट्टराईले मुलुकको द्रुत विकास र समृद्धिका लागि ‘थिङ्क ट्याङ्क’ संस्थाको आवश्यकता रहेको बताएका हुन् ।

डा.भट्टराईले आर्थिक, सामाजिक र राजनीतिकलगायत क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरे पनि छिमेकी मुलुक र विश्वको तुलनामा अझै धेरै काम गर्नुपर्नेमा जोड दिए । गरिबी, बेरोजगारी, अशिक्षा र असमानता अन्त्य गर्न थुप्रै काम गर्न बाँकी रहेको भन्दै नवप्रवर्तनका लागि ‘थिङ्क ट्याङ्क’को आवश्यकता टड्कारो रहेको उनको भनाई छ ।

नेपालको अर्थतन्त्रमा गम्भीर प्रकारका संरचनात्मक समस्या रहेको बताए । भट्टराईले दुई तिहाइ जनसङ्ख्या कृषिमा आश्रित रहेको देश समृद्ध नहुने धारणा राखे । उनले देशका ६५ प्रतिशत बढीलाई कृषिमा अल्झाएर देशको विकास नहुने भन्दै त्यसतिर ध्यान नगएको तर्क राखे । 

उनले भने,' बङ्गलादेश २० वर्ष अघिसम्म हाम्रै स्थितिमा थियो । त्यो पनि हामी भन्दा डबल भइसक्यो । तर, हामी किन यस्तोमा भइराखेका छौं । त्यसो भएको हुनाले हाम्रा गम्भीर प्रकारका संरचनात्मक समस्या छन् । अर्थतन्त्रको रूपान्तरण भएकै छैन । कृषिमा दुई तिहाइ जनसङ्ख्या कृषिमा आश्रित हुने देश संसारमा कोही समृद्ध हुन्छ ? ६५ प्रतिशत बढीलाई कृषिमा अल्झाएर राखेर देशको विकास हुन्छ ? त्यतातिर हाम्रो ध्यान गएको खै ।' 

उनले देशको व्यापार घाटा वर्षेनि बढ्दा पनि कारण खोजेर हल गर्न तर्फ कसैले चासो नदेखाएको आरोप लगाए । उनले व्यापार घाटा बढ्यो, सञ्चिति घट्यो भनेर एक अर्कालाई दोष दिएर बस्न नहुने उल्लेख गरे । मुलुकको अर्थतन्त्रलाई सुधार गर्न प्यान आवश्यक रहेको उनको भनाई छ ।  उनले भने,' हामीले व्यापार घाटा बढ्यो, सञ्चिति घट्यो भनेको कति वर्ष भो हामीले कारण खोजेर हल गर्ने तिर हामी जान्दैनौँ । एक अर्कालाई दोष दिएर बसेर हुँदैन । अर्थतन्त्रलाई सुधार गर्न के गर्नुपर्छ, त्यो प्लान चाहियो हामीलाई ।' 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ