arrow
ADVERTISEMENT

अमेरिकी विमानवाहक जहाज दक्षिण कोरिया पुगेको समय उत्तरले हान्यो मिसाइल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
Ronald-Reagan.jpg

काठमाडौं । उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी तटमा छोटो दूरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिकी विमानवाहक जहाज दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासका लागि सोल पुगेपछि प्योङयाङले यो कदम चालेको हो । 

अमेरिकी आणविक शक्तियुक्त विमानवाहक युएसएस रोनाल्ड रेगन र यसका लडाकुहरू संयुक्त सैन्य अभ्यासका लागि दक्षिण कोरिया पुगेका समय क्षेप्यास्त्र प्रक्षेपण भएको छ ।

एसियाली प्रायद्वीपमा उत्तर कोरियाको आणविक कार्यक्रमबाट बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिका र दक्षिण कोरियाले यी संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । 

दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले पश्चिमी सहर तेक्वानबाट प्रहार गरेको उक्त क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वी तटबाट समुन्द्रमा खसेको बताए ।

 उत्तर कोरियाले यो वर्ष आफ्नो मिसाइल परीक्षण गतिविधिलाई तीव्र पारेको छ। २०१७ पछि अन्तर महादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण सहित ३० भन्दा बढी ब्यालेस्टिक मिसाइलहरूको परीक्षण गरेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ