arrow

नवरात्रको यो साता यस्तो हुनेछ राशिफलका आधारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
horoscope-weekly-anytime.jpg

साप्ताहिक फल : (तपाईंको राशिफल) असोज १० गते सोमबारदेखि १६ गते आइतबारसम्म) आश्विन १०–२३ गतेसम्म आश्विन (दुर्गा) पक्ष १.२०७९ आश्विन १० गते सोमबार–नवरात्र, घटस्थापना बिहान १०.२३ २.२०७९ साल असोज १४ गते श्रीपचलीभैरब यात्रा । ३.२०७९ असोज १६ गते फूलपाती बिहान १०.५ बजे साइत । ४.२०७९ असोज १७ गते गते सोमबार महाअष्टमी, कालरात्री ५.२०७९ असोज १८ गते महानवमी ६. २०७९ असोज १९ गते विजया दशमी १०.३४ ७.२०७९ असोज २३ गते कोजाग्रत ब्रत ।

साप्ताहिक राशिफल :

मेष : यो हप्ता विरोधी परास्त, मनमा उमङ्गता बढ्ने, राज्यपक्षबाट लाभ, अध्ययनमा सफलता, पैत्रिक सम्पत्ति लाभ, मित्रजनबाट लाभ, मनमा उमङ्गता, ठेकेदारीमा लाभ, राजनीतिकमा लाभ कुलकुटुम्बबाट अपमान मेसिनरी काम, होटलबाट, साझेदारी कार्यबाट अलि नोक्सान, रोग । दुर्घटना, दाजुभाइबिच चिसो, कला, संस्कृति, सङ्गीत, खेल नित्य शुभ रहेको छ । विद्या तथा कुनैपनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । विलासी तथा भौतिक वस्तुका प्रयोग गर्न पाईनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन हुने तथा व्यावसायकै शिलशिलामा यात्रा हुनेछ । प्रेमील जोडीहरुका लागि समयले साथ दिनेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला । अप्रिय घट्ना नहोला भन्न सकिन्न । खानपानमा ध्यान नदिंदा स्वास्थ्यमा समस्या आउनेछ । साना तिना घरेलु समस्या सुल्झाउँदा सुल्झाउँदै समय बित्नेछ । आफन्त तथा चेली माईती बीच मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । आफन्त व्यक्तिसँग विवाद तथा झगडाको सम्भावना बलियो छ, कमै बोल्नु राम्रो हुनेछ । मन चञ्चल, निकट ठाउँको यात्रा, आफूले गर्न खोजेका काममा विघ्नबाधा देखापर्नेछन् । कम्मर दुख्ने, खानामा गडबडी, यात्रामा कसैले विषालु वस्तु सुँघाउन सक्ने, कुनै चिन्ता थप्ने समाचार सुन्नुपर्ला जस्तो पनि छ । समय खराब रहेकाले काममा सतर्क हुनुहोला ।

वृष : यो हप्ता शुरुआती समयमा घरगृहस्थी सुख, सञ्चित धन वृद्धि, लेखन कार्यमा लाभ, फलाम र शिसाबाट लाभ, कुलकुटुम्बबाट लाभ, सन्तान सुख, अध्ययनमा शुभ, आभूषण, वस्त्र, शृङ्गारिक सम्बन्धी कार्य, खेलक्षेत्रमा लाभ, प्रेममा शुभ, मनोरञ्जनमा खर्च, शरीरमा पीडा, शीर पीडा, धार्मिककार्यमा सरिक मेसीनरी, होटल नोक्सान, साझेदारी कार्यमा लाभ, शत्रु वृद्धि, सरकारी क्षेत्रमा अपमान, खर्च बढ्ने योग छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने दैनिक मुनाफामा वृद्धि भएर जानेछ । पढाइ लेखाइमा उत्कृष्ट अंक ल्याउँदै अरुभन्दा अग्रस्थानमा तपाईको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । भौतिक सम्पति हात लागि हुने योग रहेकोछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । अग्रज तथा आफन्तसंग मनमुटाव सिर्जना हुनेछ । तापनि लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । यो हप्ता कुनै मुद्दा मामिलामा लाग्नु ठीक छैन, लागियो भने धन र समयको वर्वादीमात्र हुनेछ । समय अत्यन्त खराब रहेकाले सतर्क हुनु अति आवश्यक छ । टाढाको यात्रा पनि भरपर्दो नरहने देखिएको छ, सतर्क हुनुहोला ।

मिथुन : यो हप्ता यात्रा, कला, सङ्गीत, नित्य, खेल, आभूषणमा खर्च राजनीतिक क्षेत्रमा शुभ, प्रेममा सफलता, विदेश यात्रा, विरोधी पक्षबाट नोक्सान, दाजुभाइ बिचमा मेलमिलाप पत्रकारितामा शुभ, फलाम, सिसा लाभ, विदेश खर्च बढ्ने, सुरक्षा क्षेत्र खर्च मेकानिकल काममा सावधानी, सुन चाँदी सम्बन्धी कार्य खर्च बढ्ने देखिन्छ । आफन्त तथा अपरिचित व्याक्तिको विश्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । मंगलबारबाट समय उत्तम रहेकोले समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रविधिको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । राजनीतिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तिको योग रहेको छ । परिवारका साथ रहेर मीठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ । कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसंग वादविवाद र दुश्मनी काम नगरेमात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ । आइतबारदेखि समय सुध्रिएर आउने देखिएको छ ।

कर्कट : यो साता राज्यपक्षबाट लाभ, सरकारी जागिर शुभ, प्रशासनिक क्षेत्र शुभ, तेल, ग्यास सम्बन्धी कार्यबाट लाभ, राजनीतिकमा शुभ, धार्मिक कार्यमा रुची, ठेकेदारी काममा लाभ, सुनचाँदी कार्यमा लाभ, मित्रजनको साथ, पैत्रिक सम्पत्ति लाभ, विद्यार्थी वर्गमा सफलता, प्रेममा शुभ, बोलीमा प्रभावकारिता मेसिनरी कार्य शुभ, होटलबाट लाभ, सन्तान सुख, खर्च बढ्ने, मित्रजनबाट साथ सहयोग, विरोधीपक्षबाट नोक्सान ब्यहोर्नु पर्ने, भोग विलास, पत्रकारिता, पुस्तक सम्बन्धी कार्य गर्ने, फलाम, यात्रा प्राप्त शृङ्गारिक सम्बन्धी, कला, सङ्गीत, खेलकुदमा उन्नति, प्रेममा सफलता, स्वास्थ्यमा सुधार रहने छ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मूल्याङ्कन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरु जनमानसमा लैजान सकिनेछ । बिहीबारबाट स्वास्थ्यमा आउने समस्याका कारण काम गर्न असजिलो हुनेछ । अनावश्यक काम तथा यात्रा नगर्नु नै राम्रो रहेकोछ, नराम्रा घटनाहरु हुन सक्छन् । नियम तोडेर कुनै पनि काम नगर्नुहोला सजाय भोग्नु पर्नेछ ।

सिंह : यो साता आर्थिक लाभ, कार्यमा सफलता, दिदीबहिनीसँग सम्बन्धमा सुधार, शारीरिक दुर्बलता, पत्रकारिता, कला, सङ्गीत, खेल, फलाम, सिसा, मेसिनरीवाट लाभ, विरोधी परास्त, पर्यटन क्षेत्रमा लाभ, कला सङ्गीत, बस्त्रमा लाभ, धार्मिक कार्यमा सरिक रोग, शोक । आगोबाट भय, भूमिबाट नोक्सान, सरकारी क्षेत्रमा रहनेहरूले अपमान बेहोर्नु पर्ने देखिन्छ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । शत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछ । श्रोत साधन जुटाउँदै व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । बिहीबारबाट भौतिक सम्पति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन् । घर परिवार तथा दिदिबहिनीसंग मनमुटाव बढ्नेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । पाहुनाको रुपमा यो हप्ता कसैकहाँ जानु ठीक छैन । गरेको काम बिग्रने संभावना बलियो छ । जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ । समय मध्यम रहेकाले कडा परिश्रमबाट सोचेअनुसार लाभ पाइनेछ ।

कन्या : यो साता धन आर्जनमा वृद्धि, विदेश लाभ, विरोधीपक्ष परास्त धर्मकर्म प्राप्त, वस्त्रबाट लाभ, कला, सङ्गीत, नित्य, राजनीतिक, खेल क्षेत्रमा शुभ, प्रेममा सफलता, पर्यटनमा लाभ, मनमा डर त्रास, प्रेस, पत्रकारिता क्षेत्र, फलाम, सिसासम्बन्धी कार्यबाट लाभ, खर्च बढ्ने, कार्यमा कुशलता, मेसिनरी सामानबाट चोटपटक, प्रेममा सुख, स्थान परिवर्तन, अध्ययनमा अवरोध, अवरोध, विदेश लाभ मिल्नेछ । अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले न्यालयसंग सम्बन्धित काममा आज अलमल हुनेछ भने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु नै हावी हुनेछन् । स्वास्थ्यमा आउने समस्याले खर्च बढ्ने योग रहेकोछ । आफन्त तथा मावलीसंग सैद्धान्तिक राय बाझिनेछ ।

तुला : यो साता आर्थिक लाभ, कार्यमा सफलता, यात्रामा सफलता, आर्थिक लाभ, शृङ्गारिक, पर्यटन, कला, नित्य, मोडलिङ्ग, मोडलिङ्ग शुभ, अध्ययनमा सफलता, आर्थिक लाभ, पत्रकारिता क्षेत्रमा, लेखन कार्यमा अवरोध, धार्मिक कार्यमा सरिक, सेना, प्रहरीमा रहेकालाई हानी, घरगृहस्थी, वैदेशिक खर्च बढ्ने सरकारी क्षेत्रमा सामान्य लाभ हुनेछ । राजनीतिक अवरोध हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । शत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । पाईला पाईलामा बाधा तथा अवरोध गर्नेहरु प्रशस्त भेटिने हुँदा सजक रहनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाजहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ । प्रेममा धोका हुन सक्छ, ध्यान दिनुहोला । मंगलबार र बुधबारको समय उत्तम रहेकोले शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलव्धिमूलक कामहरु गर्न सकिनेछ । बौद्धिकताको प्रयोगमार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाठो सकिनेछ । शिक्षा क्षेत्रसंग सम्बन्धित व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पति प्राप्त हुनेछ ।

वृश्चिक : यो हप्ता आर्थिक लाभ, सरकारी कामबाट लाभ विद्युत सम्बन्धी, तेल, ग्यास लाभ, मित्रजनवाट लाभ, राजनीतिकमा लाभ, पैत्रृक सम्पत्तिमा लाभ, ठेकेदारी कार्यबाट लाभ, विद्यार्थी वर्गमा अध्ययनमा सफलता प्रेममा सफलता, खर्च बढ्ने, पेटमा समस्यामा समस्या, पत्रकारिता, मोबाइल विक्रेताका लागि फाइदा, बोल्दा सावधानी अपनाउनु होला, कला क्षेत्रबाट लाभ, धार्मिक क्षेत्रमा लाभ आभूषण, पर्यटन, खेल क्षेत्रमा सफलता मिल्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दूरीको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाईबाट सहयोग पाईने हुनाले आँट तथा साहस गरि लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । सकारात्मक सोंचको माध्ययमबाट रुढिवाढी परम्परालाई चिरफार गर्न सकिनेछ । लेखन कलाको माध्यामबाट अन्धविश्वासलाई चिर्दै समाज रुपान्तरण गर्नमा तपाईको सक्रिय भूमिका रहनेछ । सोमबार, मंगलबार र बुधबारको समय मध्ययम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला । आलोचना गर्नेहरु सक्रिय हुनेछन् । विरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला । अप्रिय घटना नहोला भन्न सकिन्न । अनावश्यक टिकाटिप्पणीमा समय व्यातित हुनेछ । आहारविहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।

धनु : यो साता शारीरिक अल्छी, पैत्रिक सम्पत्ति प्राप्त हुने योग, ठेकेदारी, धातुजन्य सम्बन्धी कार्यबाट लाभ तेल, ग्यास, फलाम, शिसा सम्बन्धी कार्य गर्नेलाई लाभ, यात्राको अवसर, मनमा प्रशन्नता, शत्रु पराजीत, मित्रजनबाट लाभ, दाजुभाइबाट लाभ, सेना, प्रहरी क्षेत्रमा रहनेलाई लाभ, होटल सम्बन्धी कार्यमा सफलता, औजार, स्वतन्त्र सम्बन्धी कार्य गर्नेलाई लाभ रहनेछ । विरोधी पक्ष्य नाश लेखक कार्य, पत्रकारिता अवरोध पर्यटन, राजनीतिक, कला, सङ्गीत, खेलकूदमा सफलता, प्रेममा शुभ, कृषि सम्बन्धी कार्यमा लाभ रहेको छ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यातित गर्न सकिनेछ । गायन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । मंगलबारबाट घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरुले तपाईको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडि बढ्नेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीतिकर्मीका लागि समय अन्य दिन भन्दा मध्ययम रहेकोछ । तर पनि कृषि, सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ ।

मकर : यो हप्ता सुख प्राप्त, नयाँ बस्तु प्राप्त, पर्यटन, कला, सङ्गीत, भोग विलास सम्बन्धी कार्य गर्नेलाई लाभ, प्रेममा शुभ, राजनीतिक लाभ आकस्मिक लाभ, पैत्रिक धन सम्पत्तिबाट मनग्य फाइदा, अध्ययनमा अवरोध, रोगबाट धन खर्च, यात्राको योग, कला सङ्गीतमा रुचि, धार्मिक यात्रा, घर जग्गा, फलाम, माताबाट सुख, प्रेममा अवरोध, सुरक्षा क्षेत्रमा अलि सचेत रोग शोकबाट भय डरत्रास, शारीरिक आलश्यता । तेल ग्यास, ठेकेदारी सम्बन्धी कार्य गर्नेले अलि सचेत रहनु पर्ने देखिन्छ । साथीभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन, काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौतिक सम्पति तथा धातु संग्रह गर्न सकिनेछ । आँट साहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुषार्थी काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । उद्योग तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि समय फलदायी रहेकोछ ।

कुम्भ : यो हप्ता शारीरिक पीडा, चिन्ता बढ्ने, महिनाको मध्यपछि आर्थिक लाभ पत्रकारिता, मोबाइल व्यवसायमा फाइदा, फलामको कार्य गर्नेलाई लाभ, शत्रु वृद्धि,अति भय, विपत्ति, घर परिवारको कारण भय, चिन्ता बढ्ने, यात्रामा खिन्नता उत्पन्न हुने, भोग बिलासका खर्च बढ्ने, राजनीतिकमा चिसोपन, प्रेममा खटपट, विरोधी पक्षहरु वृद्धि हुने, कुटुम्बबाट साथ, सेना, प्रहरीमा रहेका हरुले अपमान बेहोर्नु पर्ने, रोग, भय, धार्मिक यात्रा, तेल ग्यास कारोबारबाट हानी हुनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला । समय मध्ययम रहेकोछ, आफन्त तथा साथी भाईसंग मनमुटाव सिर्जना हुने योग रहेकोछ । व्यापारमा लगानी गरी हाल्ने समय नरहेकोले गरीरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एकअर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मंगलबार र बुधबारको समय उत्तम रहेकोले लामो दूरीको धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । प्रेम तथा मित्रताको गाँठो कसिलो भएर जानेछ ।

मीन : यो हप्ता धनधान्यमा वृद्धि, धार्मिक कार्यमा सरिक, मेसिनरी सम्बन्धी कार्यबाट लाभ, आगो सम्बन्धी कार्य गर्नेलाई लाभ, शारीरिक पीडा विरोधी पक्ष परास्त पत्रकारिता, लेखन, शिक्षक, विद्यार्थी अवरोध, शत्रुबाट भय, आभूषण सम्बन्धी, राजनीतिक, सामाजिक सम्बन्धी कार्य गर्ने, पर्यटन सम्बन्धी कार्य गर्ने अलि सावधानी अपनाउनु पर्ने, मनमा खिन्नता, कमजोर महसुस हुने, पारिवारिक जीवनमा खटपट रहने देखिन्छ । बौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा विशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य सुख, प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । अनावश्यक साईनो गास्ने तथा बचन दिनेहरुबाट सजक रहनुहोला । सरकारी तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला । सेवा प्रवाह गर्नेहरुले समयमा काम नगरिदिनाले महत्वपूर्ण अवसरबाट बञ्चित हुनुपर्नेछ । राजनीतिकर्मीहरुका लागि समय मध्ययम रहेकोले जनताबाट आलोचना सहनु पर्नेछ । (नोटः यो राशिफल चन्द्रमाको दैनिक गति अनुसार लेखिएको हो । मनुष्यको जीवनलाई जन्मकुण्डलीमा भएका विभिन्न शुभ, अशुभ ग्रह र तिनीहरूका दशाले प्रभावित गर्दछ ।)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ