arrow

अमेरिकी उपराष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच ताइवान सुरक्षाबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
kamala-harris-1.jfif

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र जापानका प्रधानमन्त्री फुमियो किशिदाले ताइवान सुरक्षा मुद्दाहरूमा साझेदारी बारेमा छलफल गर्ने भएका छन् ।

अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले सोमबार यस्तो जानकारी दिएको रोयटर्सले रिपोर्ट गरेको छ । ती अधिकारीहरुले वाशिंगटनले जापानको बढ्दो सैन्य शक्ति र सुरक्षा भूमिकालाई स्वागत गर्नेसमेत बताएका छन् ।

अमेरिकी उपराष्ट्रपति ह्यारिसले सोमबार किशिदासँग वार्ता गरेपछि मङ्गलबार पूर्व जापानी प्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुने तय भएको छ । अमेरिकी उपराष्ट्रपति ह्यारिस अहिले एसिया भ्रमणमा रहेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ