डेंगीबाट ३२ जनाको मृत्यु, संक्रमित साढे २५ हजार पुगे
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
1.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । नेपालमा डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगिसकेको छ । सोमबार थप तीन संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय तीव्र गतिमा फैलिइरहेको डेंगीका कारण अहिलेसम्म २५ हजार ५४३ जना संक्रमित भइसकेका छन् । सबैभन्दा बढी बागमतीमा १९ हजार ९१० जना संक्रमित भएका छन् ।