arrow

कोरोनाका ५३ संक्रमित थपिए, १० जना आईसीयूमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
corona-omicron-nepal.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसका ५३ संक्रमित थपिएका छन् । सोमबार पीसीआर परीक्षणबाट ३९ तथा एन्टिजेनबाट १४ संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

८४ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १ हजार १७८ रहेको छ । जसमा काठमाडौंमा मात्रै ४७९ संक्रमित रहेका छन् । 

त्यस्तै ललितपुरमा १६८ तथा भक्तपुरमा २० संक्रमित रहेका छन् । सक्रिय संक्रमितमधये १० जना आईसीयूमा रहेका छन् । 

अहिलेसम्म नेपालमा कोरोनाबाट १२ हजार १७ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ