arrow

कोरोनाका ५४ संक्रमित थपिए, १२ आईसीयूमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसका ५४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १७२९ पीसीआर परीक्षणबाट ४२ तथा २१०० एन्टिजेन परीक्षणबाट १२ जना संक्रमित पाइएका हुन् । 

मंगलबार ७६ जना संक्रमणमुक्त भएका छन् । थप कसैको मृत्यु भएको छैन । हाल सक्रिय संक्रमितको संख्या ११४४ रहेको छ । 

सबैभन्दा बढी काठमाडौंमा ४५५ जना संक्रमित रहेका छन् भने ललितपुरमा १६० तथा भक्तपुरमा २० सक्रिय संक्रमित रहेका छन् । 

हाल १२ जनाको आईसीयूमा उपचार भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ