arrow

निर्वाचन आचारसंहिता बुधबारदेखि, कांग्रेसको ध्यानाकर्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
election-commission-hq-building-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । निर्वाचन आयोगले बुधबार (असोज १२ गते) देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । ‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ ।

आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो । 

कांग्रेसको ध्यानाकर्षण
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगको निर्वाचन आचार संहितामा मन्त्रीहरुका बारेमा लगाएको अवरोधप्रति ध्यानाकर्षण भएको बताएका छन् । पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले सरकारमा हुँदैमा प्रचारप्रसारमा कम सहभागी हुने भन्ने नहुने भन्दै निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन् ।

उनले संसारमै मन्त्रीहरुले प्रचारप्रसारमा जाने चलन भएको उल्लेख गर्दै आयोगको ध्यानाकर्षण गराएका हुन् । सरकारी सुविधाको दुरुपयोग गर्न नपाइने आयोगको आचारसंहितामा उल्लेख भएकोप्रति संकेत गर्दै प्रधानमन्त्रीदेखि मन्त्रीहरुले विश्वभरमै चुनावको प्रचारप्रसारमा सहभागी हुने चलन रहेको भन्दै आगामी मंसिर ४ को निर्वाचनमा पनि सहभागी हुन पाउनु पर्ने बताए ।  

यस्ताे छ आचारसंहिता–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ