arrow
ADVERTISEMENT

कर कटौती गर्ने योजनाले बेलायतमा संकट, आईएमएफले दियो चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
liz-truss-Kwarteng-pound.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यूके सरकारको कर कटौतीको योजनालाई लिएर खुला रूपमा आलोचना गर्दै यसले बेलायती जनताको दैनिक लागतको सङ्कटलाई बढवा दिने चेतावनी दिएको छ ।

आईएमएफले सामान्य अवस्थामा जारी नगर्ने वक्तव्य जारी गर्दै यो प्रस्तावले असमानता बढाउने र मूल्य बढाउन दबाब थप्ने सम्भावना रहेको बताएको हो । बेलायती मुद्रा पाउन्ड स्टर्लींग खस्किँदै जाँदा मार्केटले यसअघि नै घण्टी बजाएको छ ।

बेलायत सरकारले यी उपायहरूले आर्थिक वृद्धिलाई तीव्रता दिने भनेको छ । नवनियुक्त लिज ट्रस नेतृत्वको सरकारका कुलपति क्वासी क्वार्टेङले शुक्रवार बेलायतमा ५० वर्षयताकै सबैभन्दा ठूलो कर प्याकेज सार्वजनिक गरेका छन् । यस प्याकेज अन्तर्गत बेलायतले ४५ अर्ब पाउन्ड स्टर्लींग उधार लिएर कर कटौती गर्नेछ ।

विश्वव्यापी अर्थतन्त्रलाई स्थिर बनाउन काम गर्ने आईएमएफको एउटा भूमिका भनेको प्रारम्भिक आर्थिक चेतावनी प्रणालीको रूपमा काम गर्नु पनि हो ।

आईएमएफले बेलायत सरकारको यो प्याकेजले मूल्यवृद्धिलाई झन् तीव्र पार्न सक्ने भन्दै चेतावनी दिएको हो । जुन यूकेको केन्द्रीय बैङ्कले तल ल्याउन खोजिरहेको छ।

'यसबाहेक, बेलायतका उपायहरूको प्रकृतिले असमानता बढाउन सक्छ,' आईएमएफले भनेको छ । आईएमएफले बेलायत सरकारसँग नोभेम्बर २३ करको दायरमा हेरफेर गर्ने अवसर रहेको समेत भनेको छ ।

बेलायत सरकारको प्रस्तावहरूले आयकरको उच्च दरलाई खारेज गर्नेछ र अन्य उपायहरू बीच बैंकरहरूको बोनसमा क्याप समाप्त गर्नेछ।

शुक्रवारको घोषणाले आर्थिक उथलपुथलका दिनहरू निम्त्याएको छ । सोमबार डलरको तुलनामा पाउन्डको भाउ रेकर्ड न्यूनमा झरेको छ । देशका केही ठूला ऋणदाताहरूले अनिश्चितताको बीचमा धितो सम्झौताहरू निलम्बित गरेका छन्।

ट्रेजरी विभागले भने 'हामी सबैको जीवनस्तर उकास्न अर्थतन्त्र बढाउनमा केन्द्रित छौं,' भन्दै जवाफ दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ