arrow

राजस्व परामर्श विकास समिति गठन आदेश खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
pm-office-singha-durbar-ktm-2078.jpg

काठमाडौं । सरकारले नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश, २०७६ खारेज गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यही असोज ११ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे बुधबार जानकारी दिँदै केचना कञ्चनजङ्घा पर्यटन विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशकलाई पदबाट हटाउने निर्णय गरिएको बताए । 

मन्त्रिपरिषद्ले ऋण असुली न्यायाधीकरणको रिक्त कानुन सदस्य पदमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगीलाई नियुक्त गर्ने पनि निर्णय गरेको छ ।

 “कास्की जिल्लास्थित करुवा सेती जलविद्युत् आयोजना ९३२ मेगावाट० निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र गोरखा जिल्लास्थित मध्य सुपर दरौँदी खोला जलविद्युत् आयोजना ९१० मेगावाट० निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको छ”, सरकारका प्रवक्ता कार्कीले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ