arrow

डेंगीबाट एकैदिन चार जनाको मृत्यु, दुई हजार बढी संक्रमित थपिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
dengue-1.jpg

काठमाडौं । नेपालमा डेंगीले गम्भीर स्थिति निम्त्याउँदै गएको छ । बुधबार एकैदिन पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थपिएकासँगै गत साउन १ गतेदेखि नेपालमा २७ हजार ५६९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा डेंगीका कारण थप चार जनाको ज्यान गएको छ । यससँगै डेंगीबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । हाल सबैभन्दा बढी डेंगीका बिरामी बागमती प्रदेशमा रहेका छन् ।

बागमती प्रदेशमा २१ हजार ५८९ जना डेंगीका बिरामी भेटिसकेका छन् । गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८१५, मधेस प्रदेशमा ४०५, गण्डकी प्रदेशमा ६५३, लुम्बिनी प्रदेशमा ३ हजार ५०, कर्णाली प्रदेशमा २३६ र सुदूरपश्चिम प्रदेशमा ८२१ जना डेंगीका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।



नयाँ