arrow
ADVERTISEMENT

सरकारले आर्थिक योजनालाई उल्टाउँदैन- प्रधानमन्त्री ट्रस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
liz-truss-Kwarteng-pound.jpg

काठमाडौं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले सरकारले गत हप्ता तय गरेको आर्थिक योजनालाई नउल्टाउने स्पष्ट पारेकी छिन् । वित्तीय बजारलाई उथलपुथलमा पुर्‍याएको गत साताको शुक्रबार सार्वजनिक भएको आर्थिक योजना विवादित बन्न पुगेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले समेत यो योजनाको आलोचना गरेको छ । बेलायती मुद्रा पाउन्ड स्टर्लींग कीर्तिमानीरुपमा गत सोमबार डलरको तुलनामा न्यून बिन्दुमा झरेको थियो ।

तर पनि बेलायती प्रधानमन्त्री ट्रसले भने योजना नउल्टाउने स्पष्ट पारेकी हुन् । बीबीसी स्थानीय रेडियोमा बिहीबार एक अन्तर्वार्ताको क्रममा उनलाई मिनी बजेटलाई उल्टाउने समय हो कि हैन भनेर प्रश्न गरिएको थियो ।

त्यसको जवाफमा ट्रसले भनेकी छिन्, 'होइन, किनकि... हामीले शुक्रबार घोषणा गरेको प्याकेजको धेरै व्याक्तिले व्यवसायीहरुले समर्थन गरेका थिए र मलाई लाग्छ कि यसो गर्नु एकदम सही कुरा थियो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ