arrow

अठ्ठाइस हजार नाघे डेंगी संक्रमित, मृतक बढेर ३८ पुगे  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
dengue-1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशभर ५४० जना डेंगीका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगी बिरामीको संख्या २८ हजार १०९ पुगेको छ । 

बितेको चौबीस घण्टामा डेंगीका कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै यस वर्ष डेंगीका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगीको बिरामी भेटिएका थिए । 

त्यसपछि प्रत्येक वर्ष डेंगीका बिरामी भेटिंदै आएका छन् । यस वर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगीका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी डेंगीका बिरामी बामगती प्रदेशमा भेटिएका छन् । बागमती प्रदेशमा २१ हजार ९७५ जना डेंगीका बिरामी भेटिइसकेका छन् । 

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८२९, मधेश प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ६७७, लुम्बिनी प्रदेशमा ३ हजार १२५, कर्णाली प्रदेशमा २३८ र सुदुरपश्चिम प्रदेशमा ८५० जना डेंगीका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।



नयाँ