arrow

कोरोनाका ४५ संक्रमित थपिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
corona-omicron-nepal.jpg

काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशभर कोरोना भाइरसका ४५ जना नयाँ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६७८ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो । 

बितेको चौबीस घण्टामा १ हजार ३०७ जनाको पीसीआर र १ हजार ३७१ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो । 

उक्त समयमा ७० जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७७ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ