arrow

राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
vidya-devi-bhandari-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छिन् । उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडादशैंको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । 

उनका अनुसार विजया दशमीका दिन १९ असोजमा दिउँसो २ देखि ३ बजेसम्म उच्च पदस्थ व्यक्तिहरुलाई र सोही दिन दिउँसो ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई बडादशैंको टीका लगाइदिने कार्यक्रम तय गरिएको छ । 

टीका ग्रहण गर्ने जानेलाई मर्यादित पोशाक लगाउनु पर्ने र राष्ट्रपति कार्यालयको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गर्न भनिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ