arrow

नेकपा बहुमतले निर्वाचन बहिस्कार गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १४ शुक्रबार
nekapa-bahumat-election.jpg

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले देशलाई सिक्किमीकरण र फिजीकरण हुनबाट जोगाउने भन्दै आसन्‍न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । मधेश प्रदेशको ब्यूरो स्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हो । 

यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको  चुनाव अवज्ञा गर्ने निर्णय काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वाजनिक गरेको थियो ।

महोत्तरीको बर्दिबासमा भएको ब्यूरोस्तरीय प्रशिक्षण भेलाका प्रमुख अतिथि चित्रबहादुर आलेले ४ मंसिरको निर्वाचन जनता ठग्न र झुक्याउन गरिएको व्यवस्थाको निरन्तरता रहेको आरोप लगाए ।

केन्द्रीय सल्लाहकार समितिका सदस्यसमेत रहेका आलेले कम्युनिष्ट भनेको आफूहरुमात्र भएको दाबी गर्दै प्रचण्डहरू कांग्रेसको शरणमा विलय भएको जिकिर गरे ।

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (बहुमत)ले अब देशमा कम्युनिष्ट र कांग्रेसको नैतिकता सकिसकेको हुनाले क्रान्तिलाई रोज्नुपर्नेमा पनि नेताहरुले बताए ।

 



नयाँ