arrow

सरकारको तथ्याङ्कमा तीस हजार नाघे डेंगी बिरामी, हजारौं छन् सरकारले नसमेटेका 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १५ शनिबार
dengue-patient-teku-hospital.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालमा डेंगी संक्रमणका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यताबाट डेंगी संक्रमितको संख्या बढेको थियो । 

हाल देशभर ३० हजार १ सय ८६ जना डेंगीका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्मकै उच्च हो । दशैंको मुखमा डेंगी लागेपछि सर्वसाधारणको विचल्ली भएको छ । 

डेंगीबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ । 

तथ्याङ्क फरक
सरकार घरघरमा पुग्न सकेको छैन । अनि निजी अस्पतालमा पनि पुग्न सकेको छैन । सरकारी अस्पतालमा बेडको व्यवस्थासमेत सहज गर्न नसक्दा बिरामीहरु जहाँ सक्यो त्यहीँ परीक्षण गराइरहेका छन् । 

फार्मेसीमासमेत परीक्षण गरिदिने व्यवस्था हुन्छ । जसले गर्दा सरकारको पहुँच त्यसमा छैन । 

कोरोनाको परीक्षण शैलीमा डेंगी परीक्षण गरिएको पनि हैन । जसका कारण हजारौं संक्रमित सरकारको सम्पर्क भन्दा बाहिर छन् । अधिकांश फार्मेसीदेखि निजी अस्पतालसम्मले पनि ल्याबको रिपोर्ट सरकारलाई बुझाएका छैनन् । 

एक निजी अस्पतालका प्रशासन प्रमुखका अनुसार सरकार डेंगी नियन्त्रणका लागि गम्भीर छैन । सिटामोल त दिँदैन भने अरुको के कुरा । 

उनले भने, ‘हामीसँग कुनै सहकार्य गर्न खोजिरहेको छैन । हामी हामीसँग यस्तो तथ्याङ्क छ भनेर गएका छैनौं । कुनै पनि निजी अस्पताल खाली छैनन् । परीक्षणमा डेंगी बाहेक केही देखिएको छैन । हजारौं बिरामी सरकारको पहुँच भन्दा बाहिरै छन् ।’

एक फार्मेसी संचालकले भने, ‘दैनिक १२–१५ जनाको डेंगी पोजेटिभ देखिएको छ । मैले गर्ने परीक्षणको रिपोर्ट कतै टिपाएको छैन । स्वास्थ्य मन्त्रालयलाई जानकारी नै छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ