arrow

फूलपातीलाई यसरी गर्न सकिन्छ वर्षभर प्रयोग 

logo
सुरेशचन्द्र रिजाल, 
प्रकाशित २०७९ असोज १६ आइतबार
fulpati-rukminidevi-pokharel.jpg
तस्बिर – फाइल ।

काठमाडौं । घटस्थापनाको सातौं दिन कालरात्री भगवतीको पूजा उपाशना गर्ने शास्त्रीय नियम रहेको छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री भगवतीको क्रमशः पूजा आह्वान पश्चात् उक्त दिनको नित्य पूजापश्चात मध्यान्न कालमा नवपत्रिकाका रुपमा फूलपाती भित्र्याउने शास्त्रीय नियम रहिआएको छ ।

यद्यपि तुलजा भवानी रथ यात्राका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान १०ः५ बजेको शुभ समय निर्धारण गरेको छ।

षष्टी तिथिका दिन साँझको समयमा विल्व निमन्त्रणा गरेपछि सप्तमि तिथिमा नवपत्रिकाका रुपमा पुजाकोठामा फूलपाति भित्र्याउने शास्त्रीय नियम रहिआएको छ ।

‘कदली दाडिमी धान्या हरिद्रा मानकं कचु। विल्वाशोकौ जयन्ती च विज्ञेया नवपत्रिका ।’

१ कदली– केराको पात २ दाडिमी – दाडिम (अनार) ३ धान्या – धान (बाला सहितको बोट) ४ हरिद्रा– हलेदो ५ मानकं ६ कचु ७ अशोक ८ बेल ९ जयन्ती यसरी नौ प्रकारका अ‍ौषधीय गुणले युक्त भएका जडिबुटीका रुपमा मध्याह्नको समय पारेर पूजाकोठा या जमरा घरमा विधिपूर्वक दियो,कलश गणेश स्थापना गरेर पञ्चोपचार या षोडषो पचारले विधिपूर्वक पुजा गरेर शंख, घन्टसहित बाजागाजा बजाएर मंगलधुन सहित नवपत्रिका भित्र्याउने नियम रहिआएको छ ।

वर्षा ऋतु समापन पछि शरद ऋतुमा नयाँ अन्न चढाउने नियम रहेकाले नवित्रिकाको विशेष महत्व रहेको छ । हाम्रो देश नेपाल वैदिक, हिन्दू तन्त्रात्मक सिद्ध भूमि भएकाले सदीयौंदेखि चल्दै आएका नियम र परम्परामा रहेर आफ्ना चाडपर्वहरु मनाउनु पर्छ भन्ने धार्मिक ग्रन्थहरुमा व्याख्या भएको पाइन्छ ।

हिमाल, पहाड र तराई गरी तीन भागमा नेपालीहरुको बसोवास रहेकाले पनि भूमि अनुसार उपलब्ध बस्तुहरु पूजाघरमा भित्र्याउने र पूजा गर्नुपर्ने शास्त्रीय नियम रहिआएको छ। यसरी भित्र्याउने फुलपाती सुकेपछि धुलो बनाएर शुद्ध गाईको ध्यूले मोलेर वर्ष दिन धुपका रुपमा प्रयोग गर्ने पनि नियम रहिआएको छ । (रिजाल ज्योतिष तथा पंडित हुन्)  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ