arrow

बडादशैंको यो महत्वपूर्ण सप्ताहमा यस्ता हुनेछन् दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १७ सोमबार
horoscope-weekly-anytime.jpg

साप्ताहिक फल : आश्विन १६–२३ गतेसम्म आश्विन (दुर्गा) पक्ष १.२०७९ असोज १६ गते फूलपाती बिहान १०.५ बजे साइत । २.२०७९ असोज १७ गते गते सोमबार महाअष्टमी, कालरात्री ३.२०७९ असोज १८ गते महानवमी ४. २०७९ असोज १९ गते विजया दशमी ११.५१ बजे साइत ५.२०७९ असोज २३ गते कोजाग्रत ब्रत ।

साप्ताहिक राशिफल :

मेष : मेष राशिका ब्यक्तिका लागि आश्विन तेस्रो साता बढी मात्रामा सुत्नु आवश्यक रहेको छ । शारीरिक मानसिक विश्राममा ध्यान दिनु आवश्यक रहेको छ । गीत सङ्गीत, मनोरञ्जन तिर ध्यान दिनु आवश्यक रहेको छ । महिलाको कारण अपमान बेहोर्न पर्ने देखिन्छ । घर देखी टाढाको यात्राको सम्भावना रहेको छ । सन्तान सुख प्राप्त रहनेछ । शारीरिक व्यायाम योग ध्यानमा बढी ध्यान दिनु आवश्यक रहेको छ । हरियालीतिर यात्रा गर्नु आवश्यक रहेको छ । कार्य सिद्धि, व्यापारमा लाभ, सञ्चित धन नोक्सान, बिरोधीपक्ष परास्त, यात्रामा कष्ट हुनुका साथै धन हानी हुन सक्ने सम्भावना बढेर गएको छ । यस्तै, यो साता फजुलको खर्च बढ्न पनि सक्छ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मङ्गलबारबाट कुनै समाचारले मनमा शान्ति छाउनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । सामाजिक क्षेत्रबाट गतिलो साथ र समर्थन मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृष : वृष राशिका लागि आश्विन महिनाको तेस्रो साता छाती, घाटी सम्बन्धी रोगले सताउने छ । धेरै गरम खाना खादा हानी कारक हुनेछ । खानपिनमा विशेष ध्यान दिनु आवश्यक रहेको छ । बोल्दा सावधानी हुनु आवश्यक रहेको छ । सत् चरित्रमा रहेर कार्य गर्नु आवश्यक रहेको छ । शारीरिक व्यायाम गर्नु आवश्यक रहेको छ । धन हानी, सन्तानलाई रोगले सताउने, राज्यपक्षबाट अनेक किसिमका झन्झट,अपमान व्यहोर्न पर्ने, दुःख कष्ट कडा परिश्रम गर्नु पर्ने, कार्यमा असफलता, बिलासिता सामाग्रीमा मन लाग्ने, साझेदारी कार्यमा नोक्सान, दाजुभाइसँग सम्बन्धमा चिसो पन, पशु चौपायाबाट हानी नोक्सानी बेहोर्न पर्ने छ । यस्तै, यो साता आँटेको र ताकेको कार्य पनि पुरा होला । लाभदायक यात्राहरू हुनेछ । वित्तीय संस्था र शेयर बजारबाट राम्रै सफता मिल्न सक्छ । मंगल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । खानपिनमा विचार पनि पुर्याउनु पर्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग ध्वाँसे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

मिथुन : मिथुन राशिका लागि आश्विन महिनामा तेस्रो साता वायु सम्बन्धी रोगले सताउने देखिन्छ । राज्यपक्षबाट सम्मान, यात्रामा कठिन, व्यापार कारोबारमा लाभ, निमोनिया, छाती सम्बन्धी रोगले सताउने, दाम्पत्य जीवनमा खटपट, घर गृहस्थी जीवनमा सुखमय, राज्यपक्षबाट सम्मान, मान्यजनबाट विभिन्न किसिमको सहायता प्राप्त हुनेछ । गुप्ताङ्ग सम्बन्धी रोगले सताउने देखिन्छ । चिडचिडापन शरीरमा पसिना आउने गर्मी सम्बन्धी समस्याले सताउने देखिन्छ । सन्तानबाट चिन्ता बढ्ने, दान धनमा मन लग्नुका साथै आँखामा कष्ट दिने देखिन्छ । यस्तै, यो साता लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्न सक्छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कर्कट : कर्कट राशिका लागि आश्विन महिनामा तेस्रो सातामा मानसिक विश्राम दिनु आवश्यक रहेको छ । चिसो सम्बन्धी समस्याले सताउने देखिन्छ । पेट सम्बन्धी समस्याले सताउने देखिन्छ । खानपिनमा बढी ध्यान दिनु आवश्यक रहेको छ । अलि रोगले सताउने देखिन्छ । रोगबाट मुक्ति, कार्यमा सफलता, आनन्द सुख प्राप्त, झगडा विवाद, चिसो सम्बन्धी समस्याले सताउने, धनको अभाव, विद्यार्थीवर्गको अध्ययनमा सफलता, पैतृक सम्पत्तिको वृद्धि हुनेछ । धन सम्पतिमा हानी, शारीरिक कष्ट, सन्तानबाट विरोध हुनेछ । राज्यबाट मान सम्मानप्राप्त, भूमि तथा घर गृहस्थीबाट हानी नोक्सानी, मित्रजनवाट हानी नोक्सानी बेहोर्न पर्नेछ । यो साता एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग सेतो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

सिंह : सिंह राशिका लागि आश्विन महिनाको तेस्रो सातामा मादक पदार्थको सेवन कम भन्दा कम गर्नु आवश्यक रहेको छ । शारीरिक रक्षा गर्नु आवश्यक रहेको छ । शरीरमा ज्वरोको समस्याले सताउने देखिन्छ बढी सावधानी हुनु आवश्यक रहेको छ । व्यापार धन सम्पत्तिमा नोक्सानी, सानो दुरीको यात्राप्राप्त, धन सम्पत्तिमा चोर लाग्न सक्ने,विद्यार्थी वर्गमा अध्ययनमा सफलता, यात्रा प्राप्त भए पनि कष्टपुर, सन्तानप्राप्त, राज्यबाट अपमान, भूमि तथा जग्गा प्राप्त, राज्यबाट सुख प्राप्त, मित्रजनवाट लाभ हुनेछ । यस्तै, यो साता लत्ता कपडामा बढी धन खर्च हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । साताको अन्त्यबाट नयाँ कामको थालनी हुनेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क २, ६ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

कन्या : कन्या राशिका लागि आश्विन महिनाको तेस्रो सातामा मानसिक रूपमा स्वच्छ हुनु आवश्यक रहेको छ । पेट सम्बन्धी समस्याले सताउने देखिन्छ । खानपिनमा बढी ध्यान दिनु आवश्यक रहेको छ । स्वास्थ्यमा बढी ध्यान दिनु आवश्यक रहेको छ । धननास, मान सम्मानमा कमी, आयमा वृद्धि, बिरोधीपक्षहरु पराजय हुनेछन् । रोगबाट पीडित, विरोधीपक्षहरु पराजय, साना साना कुरामा विवादमा पर्ने योग रहेको छ । धन सम्पत्तिमा कमी, शृङ्गारिक सामानबाट लाभ, सन्तानबाट पीडा, अकस्मात् रोगले सताउने, आँखामा समस्या हुनेछ । यस्तै, यो साता धार्मिक यात्राको योग छ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग नोलो या पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गा भवानीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला : तुला राशिका लागि आश्विन महिनाको तेस्रो साता गुप्ताङ्ग सम्बन्धी समस्याले सताउने देखिन्छ । चिसो सम्बन्धी समस्याले सताउनुका साथै वायु सम्बन्धी समस्याले पीडा दिनेछ । मित्रबाट अपमान बेहोर्नु पर्नेछ । आँखा सम्बन्धी समस्याले सताउनेछ । कामुकतामा वृद्धि, अध्ययनमा कडा मिहिनेत गर्नु पर्ने, भाइबाट अपमान बेहोर्न पर्ने, खराब कर्ममा मन लाग्ने, विरोधीपक्ष नोक्सान बेहोर्न पर्ने, स्वास्थ्यमा खराब, धनबाट कमीको महसुस अनुभूति गर्नु पर्ने, शृङ्गारिक सामानमा हानी बेहोर्नु पर्ने, राज्यपक्षबाट अनेक किसिमका झन्झट बेहोर्न पर्ने, शरीरमा पित्त, वायु सम्बन्धी समस्याले सताउने, सन्तानको भाग्यमा वृद्धि हुनेछ । यस्तै, यो साता उपहार पाइनसक्छ । अतिथिको रूपमा सत्कार पाइएला । छोटो दुरीको लाभदायक यात्रा रहला । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक : वृश्चिक राशिका लागि आश्विन महिनाको तेस्रो साता गुप्ताङ्ग सम्बन्धी समस्याले सताउने देखिन्छ । चिसो सम्बन्धी समस्याले सताउनुका साथै वायु सम्बन्धी समस्याले पीडा दिने छ । मित्रबाट अपमान बेहोर्नु पर्नेछ । आँखा सम्बन्धी समस्याले सताउनेछ । कामुकतामा वृद्धि, अध्ययनमा कडा मिहिनेत गर्नु पर्ने, भाइबाट अपमान बेहोर्न पर्ने, खराब कर्ममा मन लाग्ने, विरोधीपक्षबाट नोक्सान बेहोर्न पर्ने, स्वास्थ्यमा खराब, धनबाट कमीको महसुस अनुभूति गर्नु पर्ने, शृङ्गारिक सामानमा हानी बेहोर्नु पर्ने, राज्यपक्षबाट अनेक किसिमका झन्झट बेहोर्न पर्ने, शरीरमा पित्त, वायु सम्बन्धी समस्याले सताउने, सन्तानको भाग्यमा वृद्धि हुनेछ । यस्तै, यो साता पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक कार्य अघि बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । साताको अन्त्यमा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु : धनु राशिका लागि आश्विन महिनाको तेस्रो साता शारीरिक व्यायाम गर्नु आवश्यक रहेको छ । दुर्घटना, शारीरिक समस्याले सताउने देखिन्छ । राज्यपक्षबाट मान सम्मान प्राप्त, मित्रजनबाट लाभ, बन्धु जनबाट लाभ, बिरोधीपक्ष परास्तका साथै विरोधीपक्षबाट धन लाभ, व्यवसायमा लाभका साथै व्यवसायमा वृद्धि, राज्यपक्षबाट लाभ, घर गृहस्थीको सुख प्राप्त, स्त्रीबाट लाभ, घरदेखि टाढाको यात्राको अवसर, खरिद बिक्री सम्बन्धी कार्यबाट लाभ, अकस्मात् धन लाभ समेत हुनेछ । यस्तै, यो साता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने सम्भावना छ, सचेत रहनुहोला । मध्य साताबाट सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग खैरो वा हल्का पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर : मकर राशिका लागि आश्विन महिनाको तेस्रो साता छाला सम्बन्धी समस्याले सताउने देखिन्छ । महिलाको कारण दुःख कष्ट आइपर्ने, राज्यपक्षबाट विविध किसिमका बन्धनहरु आइपर्ने, यात्रामा दुःख कष्ट, महिलासित मनमुटाब बढ्ने हुँदा अलग बस्ने अवस्था आउनेछ । राज्यपक्षबाट अपमान बेहोर्नु पर्ने, धार्मिक कार्यमा सरिक, आँखा सम्बन्धी समस्याले सताउने, खराब कार्यमा मन लाग्ने, यात्रामा अनेक विग्नबाधा आइपर्ने छ । नशा सम्बन्धी समस्याले सताउने देखिन्छ । मानसिक विक्षिप्त सम्बन्धी समस्याले सताउने छ । राज्यपक्षबाट अपमान हुनुका साथै जागिरमा रहेकाहरूलाई अपमान बेहोर्नु पर्ने, भाइप्रति स्नेह मोह जागेर आउनेछ । यस्तै, यो हप्ता महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । जोश जाँगर र हिम्मत वढ्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउन सक्छ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग हरियो वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ : कुम्भ राशिका लागि आश्विन महिनामा वायु सम्बन्धी समस्याले सताउने छ । स्वच्छ वायु र मनोरञ्जन तिर ध्यानदिनु आवश्यक रहेको छ । खानपिनमा सादा मसलेदार खाना खाँदा स्वास्थ्यमा हानी हुनेछ । आँखा सम्बन्धी समस्याले सताउने देखिन्छ । राज्यपक्षबाट भय, डरत्रास उत्पन्न हुनेछ । रोगबाट मुक्त, मिष्ठान्न भोजन प्राप्त, सुख प्राप्त हुनेछ । घर गृहस्थी सुखमा कमी हुनेछ । रक्त सम्बन्धी अनेक समस्या देखा पर्नेछन् । बिरोधीपक्ष्यहरु परास्त हुनेछन् । ख्यातिप्राप्तका साथै परोपकारी कार्यमा मन लाग्नेछ । अध्ययन कार्यमा मन लाग्नेछ । धन हानी नोक्सानी बेहोर्नु पर्नेछ । मित्रजनबाट अकस्मात् धन लाभ हुनेछ । सन्तानको कारण भाग्यमा वृद्धि हुनेछ । यस्तै, यो साता प्रेम र मित्रताको । बन्धन कसिने बेलाछ । पढाइ लेखाइमा प्रगति हुनेछ सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग वैजनी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन : मीन राशिका लागि आश्विन महिनाको तेस्रो साता स्वास्थ्य सम्बन्धी समस्याले सताउने देखिन्छ । छाती सम्बन्धी समस्याले सताउने छ । मादक पदार्थको सेवन गर्दा हानी कारक हुनेछ । पानी सम्बन्धी रोगले सताएर पीडा दिनेछ । शीर सम्बन्धी पीडा, धन एवं मान हानी हुनेछ । धन एवं मान हानी हुनेछ । खराब मान्छे, चोरको डर हुनेछ । वैदेशिक कार्यमा हानी नोक्सान बेहोर्नु पर्नेछ । यात्रा कठिनपूर्ण रहनेछ । आय भन्दा व्यय बढ्नेछ । दाम्पत्य जीवनमा रोगका साथै शोक बढ्नेछ । मेसिनरी, कोइला, ढुङ्गा सम्बन्धी कारोबार गर्नेलाई लाभ हुनेछ । अध्ययनमा रुची कम हुनेछ । बिरोधीपक्षहरु बढ्ने सम्भावना रहेको छ । मलद्वार सम्बन्धी रोगले सताउने देखिन्छ । यस्तै, यो हप्ता गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । चिताएको कामले तीव्रता लिनसक्छ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । (नोटः यो राशिफल चन्द्रमाको दैनिक गति अनुसार लेखिएको हो । मनुष्यको जीवनलाई जन्मकुण्डलीमा भएका विभिन्न शुभ, अशुभ ग्रह र तिनीहरूका दशाले प्रभावित गर्दछ ।)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ