arrow

चुनाव लड्न क्षेत्रपिच्छे फरक खर्चको हद, कहाँ कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १७ सोमबार
pratinidhi-sabha-nirwachan-2079.jpg

काठमाडौंं । चुनाव लड्न निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारका लागि खर्चको फरक फरक हद तोकेको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई निर्वाचनका लागि खर्चको अधिकतम हद तोकेको हो । 

निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोकेको आयोगका प्रवक्ता सालिग्राम शर्मा पौडेलले बताए । 

सबैभन्दा बढी ३३ लाख रुपैयाँ कायम गरिएको छ भने सबैभन्दा कम २५ लाख रुपैयाँ कायम गरिएको छ । यसअघि आयोगले सबै क्षेत्रका उम्मेदवार वा दलहरूले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था थियो ।

अहिले विभिन्न क्षेत्रको खर्च गर्न पाउने रकम ८ लाखसम्मले बढेको हो । 

प्रतिनिधि सभाको निर्वाचनको हकमा ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवार वा दलले चुनावी खर्चस्वरुप २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

५२ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद ३१ लाख रुपैयाँ कायम गरिएको छ । 

२६ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद ३३ लाख रुपैयाँ कायम गरिएको छ । 

१७ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद २७ लाख रुपैयाँ कायम गरिएको छ भने 

५ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद २५ लाख रुपैयाँ तोकिएको छ । 

समानुपातिकतर्फ पनि खर्चको सीमा तोकिएको छ । समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद प्रत्येक राजनीतिक दलले पेस गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार २ लाख रुपैयाँको सीमा तोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ