arrow

प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारी दर्ता आइतबार, के के चाहिन्छ कागजपत्र ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १७ सोमबार
election-commission-hq-building-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारी दर्ता गर्ने समय रहेको छ ।अब ६ दिनमात्र बाँकी रहेका अवस्थामा दलहरुबीच कसलाई उम्मेदवार बनाउने भन्ने रस्साकस्सी रहेको छ ।

नेताहरु उम्मेदवारीको टिकट नै लिएर जाने भन्दै राजधानीमै बसेका छन् । निर्वाचन आयोगले असोज २३ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने जनाएको छ । 

आयोगले उम्मेदवारी दर्ता गर्नका लागि पेश गर्नुपर्ने कागजात सात वटा बुँदामा समेटेको छ । 

उम्मेदवारको मनोनयनपत्रसँगै नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्साका साथै प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा हुनुपर्नेछ । 

त्यस्तै दलको उम्मेदवारको हकमा दफा १९ बमोजिमको औपचारिक पत्र, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर, स्वघोषणा, उम्मेदवारको सम्पत्ति वितरणको सिलबन्दी खाम र उम्मेदवारको वैयक्तिक विवरण फारम भर्नुपर्नेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ