arrow

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १७ सोमबार
election-commission-hq-building-2022.jpg

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् ।

आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेश गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए । 

विदेशीतर्फ हालसम्म दुईवटा संस्थाले पर्यवेक्षणका लागि अनुमति पाएका छन् । उनले केही संस्थाहरु पर्यवेक्षकलाई सहरी र सुविधास सम्पन्न क्षेत्रमा मात्र नभई दूरदराजका मतदानस्थलमा पनि पर्यवेक्षण गराउने गरी काम भइरहेको बताए ।

आयोगले भारत, बङ्गलादेश, भूटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका प्रमुख निर्वाचन आयुक्तहरु तथा मतदानको दिन अवलोकनका लागि नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरुलाई मतदानको अवलोकनका लागि आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ