arrow

बाबुराम भट्टराईको ‘सरप्राइज’, चुनाव नलड्ने घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १७ सोमबार
baburam-bhattarai-gorkha.jpg

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनाव नलड्ने घोषणा गरेका छन् । 

डा.भट्टराईले सोमबार सामाजिक संजाल फेसबुक र ट्वीटरमार्फत प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने बताएका हुन् । उनले यसअघि चुनाव जिताउने मतदातालाई धन्यवादसमेत दिँदै अब चुनाव नलड्ने बताएका हुन् । 

यसअघि उनले चुनाव लड्नकै लागि माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया र हथौडाको सहारा लिने बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भट्टराईसँग अब चुनावका लागिमात्र नभई लामो यात्राका लागि जोडिएको बताएका थिए । 

उनले गोरखाका मतदातालाई लामो पत्र लेख्दै चुनाव नलड्ने जानकारी गराएका हुन् । उनी गोरखा २ बाट चुनाव लड्न आकांक्षा राखिरहेका थिए ।

तर २०७४ को निर्वाचनमा कांग्रेसको मतले जितेका उनलाई यसपालि कांग्रेसले भोट नहाल्ने बताउँदै आएको छ । जसका कारण हार्ने डरले पनि उनले खुट्टा उचालेको हुन सक्ने आँकलन गरिएको छ । 

जे भए पनि धेरैले यो निर्णय ‘सरप्राइज भएको बताएका छन् । 

यस्तो लेखेका छन् डा. भट्टराईले –

‘प्रिय गोरखा,
२०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी, दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार ब्यक्त गर्दछु ।

आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहॉहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु। मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बॉकी छन्। बॅकीरहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु।

२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउनेजाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखें र तपाईंहरूबाट धेरै सिक्ने अवसर पएॅ। आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु ।

चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन ! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्नरभन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनतारसमाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।

म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहॅा साथमा हुनेछु।

आसन्न बडादशैं, तिहार, नेपाल सम्वत् नयॉ वर्ष लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना !’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ