arrow

डा चन्द्रमोहन यादवले दिए बन्दसूचीबाट आफ्नो नाम हटाउन आयोगलाई निवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १७ सोमबार
dr-chandra-mohan-yadav-name-returned.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.चन्द्रमोहन यादवले पार्टीको प्रतिनिधि सभातर्फ समानुपातिकको बन्दसूचीबाट आफ्नो नाम हटाउन निर्वाचन आयोगलाई निवेदन दिएका छन् ।

डा. यादवले पार्टीले बन्दसूचीमा वरीयताको उपयुक्त क्रम नमिलाई आयोगमा पेस गरेको भन्दै आफ्नो नाम फिर्ताका लागि निवेदन दिएका हुन् । सोमबार उक्त निवेदन सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै उनले नाम फिर्ताका लागि निवेदन दिएको पुष्टि गरेका हुन् । 

निर्वाचन आयोगले सोमबार मध्यान्ह १२ बजेसम्म उम्मेदवारी फिर्ताका लागि निवेदन दिन सक्ने जनाएको थियो । 

उनले आफ्नो उम्मेदवारी मधेसी समूहको क्रम संख्या नं २ को सट्टा ३ मा राखिएको जानकारी आफूलाई प्राप्त भएको भन्दै उक्त वरीयतामा चित्त नबुझेकाले नाम फिर्ता लिनका लागि आयोगसमक्ष निवेदन दिएको बताएका छन् । 

डा. यादव नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादवका पुत्र हुन् । 

यस्तो लेखेका छन् उनले सामाजिक संजालमा–

संदर्भः सामानुपातिक तर्फको नामांकन फिर्ताको सम्बन्धमा (प्रतिनिधि सभा क्षेत्र धनुषा –४ । मैले प्रतिनिधिसभाको सदस्यको लागि आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा पार्टीको निर्देशन अनुसार सामानुपातिकतर्फ नामांकन गरेको थिएँ। तर पार्टीले कायम गरेको विधि विपरीत मेरो उम्मेदवारीलाई बन्दसूचीमा वरियताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा पेश गरिएकोले म आफ्नो नामांकन फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छु। मेरो उम्मेदवारीलाई मधेसी समूहमा क्र।संख्या २ नं को सट्टा ३ नं मा राखिएको मेरो जानकारीमा आएको छ। धन्यबाद। जय नेपाल।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ