arrow

सिरियाली सेनाको रासायनिक हमलामा ३७ बालबालिकासहित ८० घाइते

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
syria.jpeg
सिरिया । सिरियाली सेनाले विद्रोही नियन्त्रित क्षेत्रमा गरेको रासायनिक हमलामा परी बालबालिकासहित ८० जना घाइते भएका छन् । 
 
अलेप्पोका केही भागमा भएको क्लोरिन रसायन हमलामा कम्तीमा पनि ८० जना घाइते भएका हुन् ।
 
घाइतेमध्ये ३७ जना बालबालिका रहेको बताइएको छ । हमलामा सरकारी सेनाले क्लोरिन ग्यास प्रयोग गरेको अधिकारवादीहरुको भनाइ छ ।
 
पछिल्लो रिपोर्ट स्वतन्त्र रुपमा पुष्टि हुन नसके पनि अगस्टमा संयुक्त राष्ट्रसंघको नेतृत्वमा रहेको एउटा छानविन टोलीले सिरियाली सरकारी सेनाद्वारा कम्तीमा दुई पटक क्लोरिन रसायन प्रयोग गरी हमला भएको ठहर गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ